खैरेनीटारमा वडा स्तरीय खेलकुद विकास समिति गठन

  • ख-
  • ख+

तनहूँ । शुक्लागण्डकी नगरपालिकावडा नं. ६ खैरेनीटारमा वडा स्तरीय खेलकुद विकास समिति गठन भएको छ ।

समितिको संयोजकमा वडा सदस्य बुद्धि बहादुर थापा चयन हुनुभएको छ भने अन्य , सदस्यहरुमा मिलन राना,कुमार राना, गोमा कुमाल, सनिसरा थापा, बिलाश थापा मगर तथा सदस्य सचिव वडा सचिव शारदा शर्मा तिमिल्सिना चयन हुनु भएको छ।

त्यसैगरि उक्त समितिको सल्लाहकारमा कमल राना , पहल थापा ,अमर राज थापा , सुरज लामगादे, बसन्त नेपाली ,चित्रकला आले, बसन्ता थापा चयन हुनु भएको छ।

खेलकुद समिति चयनका लागि वडा अध्यक्ष कृष्ण बहादुर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा खेलकुदलाई योगदान पुर्याउने विश्वासका साथ वहाँहरुलाई चयन गरिएको चयनकर्ताहरुके भनाई रहेका छ ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रबक्ता खिम बहादुर कुमाल, वडा सदस्य बुद्धि बहादुर थापा , शुसिला कुमाल, प्राबिधिक जिबन पौडेल, आदिवासी जनजाति महासंघ नगर अध्यक्ष बिमल जिसि लगायत महानुभावहरुको पनि उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्