काठमाडौं । जनकपुर बोल्ट्स कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै नेपाल प्रिमियर लिगको फाइनलमा पुगेको छ ।

जनकपुरका जिमि निशमले सर्वाधिक ४५ रन जोडे । सामान्य लक्ष्य पछ्याएको जनकपुरको ब्याटिङ जिमिले उकासेका थिए ।

बलिङमा कर्णालीका बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिएकर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो ।

१९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनल यात्रा तय गर्‍यो । शेर मल्लले १० बलमा अविजित १६ रन बनाए ।