२१ किलोमिटर दौडेर धादिङ्गकी रसिलाले जितिन् व्यास नगर महिला हाफ म्याराथनको उपाधि

  • ख-
  • ख+

तनहूँ । तनहूँ, कास्की, पर्वत, मकवानपुर, धादिङ, काठमाडौं, भक्तपुर, ओखलढुङ्गा, कालीकोटका ५६ धावकले सहभागिता सहभागिता जनाएको प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथनमा धादिङकी रसिला तमाङ्गं प्रथम हुनुभएको छ ।
१११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तनहूँको व्यास नगरपालिकाद्धारा आयोजित दौड प्रतीयोगिता व्यासको तपोभुमी व्यास नगरपालिका वडा नं. ३ व्यास गुफाबाट सुरु भएको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाकी सदस्य सांसद आशा कोईरालाले महिलाहरु पनि सबैकामको लागि योग्य भएको र अझै महिला अधिकारको लागि लाग्नुपर्ने बताउनुभएको थियो ।
व्यास गुफाबाट शुरु भएको प्रतियोगिताका प्रतियोगिहरुले २१ किलोमिटर दुरी पार गर्दै व्यास नगरपालिका वडा नं. ११ मा रहेको ऐतिहासिक स्थल तनहूँसुर दरबारमा पुग्नु भएको थियो ।
प्रथम हुन सफल रसिला तमाङ्गंले निर्धारित दुरी १ घण्टा ४९ मिनेटमा पार गर्न सफल हुनुभएको थियो । उक्त दूरी १ घण्टा ४९ मिनेट १ सेकेण्डमा पार गर्दै खोटाङ्गको ऐशेलु गाउँपालिका वडा नं. २ की प्रिया राई दोश्रा हुनु भएको छ । त्यस्तै १ घण्टा ५५ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरी कास्किकी अनिता राई तृतीय हुनुभएको छ ।
विजयी धावकहरुलाई गण्डकी प्रदेशसभाकी सदस्य सांसद सरिता गुरुगं र व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेंले नगद पुरस्कार सहित सम्मान गरिएको थियो। विजयीहरुलाई क्रमशः ४१ हजार ७७, ३१ हजार ७७, २१ हजार ७७ र सान्त्वना ५ जनालाई ११ हजार ७७ रुपियाँका दरले पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा तनहूँ जिल्ला व्यास वडा नं. १० की नम्रता गुरुङ, ओखलढुङ्गा जिल्लाकी पदम कुमारी सुनुवार, कालिकोट जिल्लाकी विशेषता ऐरी, ऋषिङ गाँउपालिकाकी सीता रानाभाट, भक्तपुर जिल्लाकी की आयुषा श्रेष्ठ सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्