दमौली अस्पतालका डाक्टरको बर्थडे पार्टीमा बियरको बोत्तल फालाफाल,सोलार प्यानल तोडफोड

  • ख-
  • ख+

तनहूँ । दमौली अस्पतालका डाक्टरहरुको आवासमा बैशाष १६ गते राति आयोजित एउटा पार्टीमा खाएका वियरका खाली बोतल फालाफाल समेत भयो । त्यो सामान्य नागरिकबाट होईन सरकारी डक्टरहरुबाट ।

दमौली अस्पतालमा कार्यरत डाक्टर दिवस ढकालको गत बिहिवार भएको बर्थडे पार्टीमा त्यहाँ रहेका केहि डाक्टरहरुले रमाईलो मात्र गरेनन् रात छिप्दै जादा बियर खाएर खाली बोतल हानाहान समेत गरे। डाक्टरहरुको हर्कत त्यतीमा मात्र सिमित रहेन डाक्टरहरुले आवासको छतमा रहेको सोलारको सेटमा समेत बियरका बोतलले हानेर फुटाएका छन् । फालाफाल गरिएका बियरका बोतलहरु नजिकै रहेको स्वास्थ्य कार्यालयको पछाडी पट्टी रहेको पार्कीङ क्षेत्रमा बोलतहरु फुटेको अवस्थामा यत्र तत्र छरिएर रहेको देख्न सकिन्छ। अस्पतालका केही डाक्टरहरु त्यो दिनमात्र नभएर बेला मौकामा पनि हल्ला खल्ला गरेर छिमेकीहरुलाई डिस्टर्भ गर्ने गरेका छन् ।

यो दिन करिव रातको ११ बज्न थालेपछि मदिराको नशामा लठ्ठ भएपछि उनीहरुले गरेका हर्कतका बारेमा जिल्ला प्रसाशन कार्यालयमा समेत केहि स्थानियले जानकारी गराएका छन् । डाक्टरको सरकारी आवास गृहमा बस्न पाउने, रमाईलो गर्न पाउने व्यक्तिगत स्वतन्त्रता भएपनि सरकारी सम्पत्ति तोडफोडमा उत्रनु उच्चतम बिषय हो ।
उनीहरुले रातको समयमा हो हल्ला गर्दा जिल्ला स्वास्थ्य कार्यालयको आवास र कृषि ज्ञान केन्द्रको आवासमा बस्ने कर्मचारी उनीहरुको परिवारले समेत अप्ठ्यारो महुसस गर्ने गरेका छन् ।

अस्पताल श्रोतका अनुसार रात छिप्पिदै गएपछि हो हल्ला गर्ने, उनीहरुले प्रयोग गर्ने अपशब्दले त्यही बस्ने महिला डाक्टर र अन्य कर्मचारीहरुले असहज मान्ने गरेका छन् । श्रोतका अनुसार दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीराज अधिकारीले दमौली अस्पतालको आवास भवनमा बिहीबार राती भएको तोडफोडको निरीक्षण समेत गरेका थिए।

दमौली अस्पतालमा भएको घटनाका बारेमा पश्न गर्दा दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेल भने ” एक जना डाक्टरको बर्थ डे पार्टीमा समान्य हो हल्ला भएको रहेछ, मैले सबैलाई सम्झाएको छु अरु खासै केही होइन् । आगामी दिनमा त्यस्ता काम नगर्न चेतावनी समेत दिएको” डा. पौडेलले बताए।
सोलार तोडफोड भएको बिषयमा कुराकानी गर्दा डाक्टर पौडेलले भने ” कुर्ची तान्दा पुरानो सिसाहरु फुटेको मात्र हो,अरु केही होइन।” दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीराज अधिकारीले ” दमौली अस्पतालको बारेमा आफु जानकार रहेको र दोषीलाई कारवाही गर्न कार्यालय प्रमुख निर्देशन दिएको” बताए ।

ढकालका बारेमा धेरै गुनासा

तनहूँ अस्पतालमा कार्यरत डा. दिवस ढकाल तनहूँमा घर भएका डाक्टर समेत हुन् । उनले अस्पतालमा आउने बिरामीलाई आफ्नो सिफ्टमा समेत नहेर्न गरेको, अस्पतालका सहकर्मीहरुसग झर्रो व्यवहार देखाउने गरेको, गुनासो अस्पतालबाट आउने गरेको छ । रमाईलो र खानपिन भने पनि डाक्टर ढकाल हुरुक्कै हुने गर्दछन् । (तनहूँ उद्घोष दैनिकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्